zoom app in microsoft teams zoom meeting app settings update zoom app download install zoom client for all users - install zoom client for all users zoom meeting no app download zoom on amazon fire stick
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 बिहिबार, साउन ५ २०७९  

काठमाडौँ । पिपुल्स पावर कम्पनीको आईपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछ ।

कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ ।

यस्तै, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरिएको छ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस आईपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसबाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आईपीओमा आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया सबै