download zoom app on computer zoom meeting ohne download download zoom app for windows 10 zoom meeting download windows want to download zoom free download zoom transition premiere pro zoom network connection failed windows 10 information on zoom app
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

एन्फा कार्यसमितिको बैठक स्थगित

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित गरिएको छ । बिहीबार ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित गरिएको हो ।

वर्तमान कार्यसमितिको दोस्रो बैठकमा विभिन्न १८ एजेन्डा तय थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि ढिलो गरी सुरु भएको थियो । तर, बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित गरिएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

यसअघि, गएको सोमबारका लागि बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित गरिएको थियो । एन्फा निर्वाचनपछि पदाधिकारीको शपथग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादस्पद रूपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि नेतृत्वको आलोचना भएको थियो ।

प्रतिक्रिया सबै