do i have to download something to use zoom download zoom hack zoom meeting join download for windows windows 8 zoom app zoom download for pc 64 bit zoom upgrade download download free zoom cloud meeting app for pc - download free zoom cloud meeting app for pc
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

छानबिन समितिले निवर्तमान अर्थमन्त्रीसँग लियो ३ घण्टासम्म बयान

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए ।

बयानपछि उनी पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ । सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले प्रचलित मूल्य, मान्यता, विधि र प्रक्रिया अनुसार नै बजेट निर्माण गरेको भन्दै अनधिकृत व्यक्ति संलग्न नभएको दाबी प्रस्तुत गरे ।

प्रतिक्रिया सबै