download articles from legal zoom download zoom icon filter download for zoom infinite zoom download www.zoom download.com
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

प्रचण्डले अघि सारे तीन बाम पार्टीबीच एकता प्रस्ताव

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन बाम पार्टीबीच एकता प्रस्ताव अघि सारेका छन् । अध्यक्ष प्रचण्डले डा। बाबुराम भट्टराईसँग बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा छलफल गरेका हुन् ।

छलफलमा प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका छन् ।

माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने बताएको एक नेताले बताए । यस्तै, प्रचण्डले एकता गर्दा ‘नेकपा समाजवादी केन्द्र’ नाम राखेर जान सकिने प्रस्ताव पनि गरेका छन् ।

‘म पार्टीभित्र पनि सल्लाह गर्छु, माधवजीको पार्टी पनि अहिले हामीसँगै एउटै एजेण्डामा अघि बढिरहेको छ । वर्तमान देशको राजनीति र भावी चुनावका कारण हामी मिलेर जानुपर्छ’, प्रचण्डले भट्टराईसमक्ष राखेको धारणा उद्धृत गर्दै एक नेताले भने ।

बिहीबार बिहान प्रचण्ड र बाबुरामबीच प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल भएको हो । भट्टराईले आफूनिकट नेताहरुसँग बिहीबार प्रचण्डसँगको छलफल सकारात्मक भएको बताएका छन् । उनी आफूनिकट नेताहरुसँग यस विषयमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया सबै