zoom install - zoom install install zoom meeting for all users download zoom app on windows 10 download zoom installer.exe zoom rooms download center is pcr testing reliable download zoom vdi
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

राप्रपा अध्यक्षले थपे ४९ केन्द्रीय सदस्य

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा ४९ जना थप गरिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङको राप्रपा केन्द्रीय समितिमा कमब्याक भएका हुन् । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए । राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएर राप्रपा नेपालतिर लागेका उनीहरु फेरि मुल पार्टीमा फर्केका हुन् ।

यस्तै, पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । उनीहरु यसअघि पार्टीको महाधिवेशनमा उपाध्यक्षमा लडेर पराजित भएका थिए । हेटौँटा उपमहानगरपालिकाको मेयरमा लडेर पराजित भएका दिपक बहादुर सिंहले पनि केन्द्रीय समितिमा स्थान पाएका छन् ।

यस्तै, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी, पूर्वसचिवद्वय केदारवहादुर अधिकारी र केदार न्यौपाने पनि केन्द्रीय सदस्य बनेका छन् । अन्य थपिएकाहरुमा राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत छन् ।

राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । अझै केही केन्द्रीय सदस्यहरु रिक्त छन् । पार्टीमा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही नेताहरु राप्रपा नेपालतिर लागेसँगै लिङदेनले केन्द्रीय समिति विस्तार गरेका हुन् ।

प्रतिक्रिया सबै