३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

सुुर्खेतमा भेटियो मानव कंकाल

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल भेटिएको छ । भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ ।

प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटएको थियो । उक्त मानव कंकाल पुरुष ब्यक्तिको भएको र त्यो तीन÷चार महिना पुरानो रहेको एसपी पाण्डेको भनाई छ ।

‘कंकाल छरिएको अवस्थामा फेला परेको थियो । अहिले जनप्रतिनिधिको रोहबरमा घटनास्थालबाट मुचुल्का गरी कंकाललाई कार्यालयमा ल्याइदै छ,’ उनले भने । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया सबै