zoom login my account australia - zoom login my account australia zoom app download for pc windows 10 zoom install for windows 10 download download zoom free version zoom app architecture zoom online teaching download is zoom download free download zoom meeting free for windows
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

द्रौपदी मुर्मु बनिन् भारतको नयाँ राष्ट्रपति

 बिहिबार, साउन ५ २०७९  

काठमाडौँ। भारतीय राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएकी छिन् ।

भारतमा सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । तेस्रो चरणको मतगणना सकिँदासम्म मुर्मुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले जनाएको छ ।

हालसम्म गणना गरिएका ३ हजार २ सय १९ मतमध्ये मुर्मले २१६१ मत प्राप्त गरेकी छिन् भने सिन्हाले केबल १०५८ मत प्राप्त गरेका छन् ।

यससँगै ६४ वर्षीया मुर्मु भारतको पहिलो जनजाती एवम् दोस्रो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।

उनको जितसँगै भारतीय जनता पार्टीका नेता कार्यकर्ताले भारतका ठाउँठाउँमा विजय उत्सव मनाएको बताइएको छ । फाइल तस्वीर- पीटीआई

प्रतिक्रिया सबै