installation of zoom app zoom app download windows 10 free zoom free download full version incucyte zoom 2016b exe download join zoom meeting online - join zoom meeting online
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

भारतीय ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौँ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको बुढीगंगा गाउँपालिका-२ मा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका-७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेका छन्।

विराटनगरबाट इटहरीतर्फ गइरहेको एफ आर ३८ एफ २२१० नम्बरको गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक परियार र राईलाई उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममै दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया सबै