zoom download for pc 64 bit app zoom zoom 101 sign up & download - zoom 101 sign up & download download zoom installer msi india zoom app download zoom on new device zoom app filter zoom meeting id and password to join - zoom meeting id and password to join
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

कैलालीमा ५ अर्ब बजेट फ्रिज

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । कैलालीमा गत आर्थिक वर्ष २०७८र७९ मा कूल विनियोजित बजेटबाट ५ अर्ब ३५ करोडभन्दा बढी रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ ।

स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८र७९ मा कैलालीमा चालुतर्फ ३० अर्ब २ करोड ५१ लाख २९ हजार र पुँजीगततर्फ ९ अर्ब ५९ करोड ३४ लाख ८७ हजार रुपैयाँ गरेर कूल ३९ अर्ब ६१ करोड ८६ लाख १६ हजार बजेट विनियोजन गरिएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यो मध्ये ३४ अर्ब २६ करोड २८ लाख ३४ हजार खर्च भएपनि ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार फ्रिज भएको छ ।

पुँजीगतको तुलनामा तीन गुणा बढी ३० अर्ब २ करोड बजेट चालु खर्च शिर्षकमा रहेको थियो । त्यसमध्ये २८ अर्ब २५ करोड खर्च गरेर ९४ प्रतिशत र पुँजीगततर्फ विनियोजित कुल ९ अर्ब ५९ करोड ३४ लाख ८७ हजार मध्ये ६ अर्ब १२ करोड ७९लाख १९ हजार रुपैयाँ खर्च गर्दै ६२.६७ प्रतिशत प्रगती गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक जगत प्रकाश भट्टले जानकारी दिए ।

भट्टका अनुसार चालुतर्फ एक अर्ब ७७ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकेका बेला चालु भन्दा तीन गुणा बढीले कम रहेको पुँजीगततर्फ करीब दोब्बर ३ अर्ब ५८ करोड बजेट फ्रिज गएको छ ।

प्रतिक्रिया सबै