zoom app work download zoom classroom zoom download for pc 64 bit zoom download attendee list download file from zoom chat zoom meeting join zoom meeting join
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अफ्रिकाको उत्कृष्ट फुटबलर बने माने

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । सेनेगलका फरवार्ड साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबल खेलाडी चयन भएका छन् । कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राति मोरोक्कोमा आयोजना गरेको कार्यक्रममा मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका थिए ।

मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो । ३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एडुवार्ड मेन्डी र इजिप्टका मोहमद सालाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

‘यस अवार्डबाट सम्मानित हुन पाउँदा ज्यादै नै खुशी लागेको छ। म सेनेगलका जनतालाई धन्यवाद दिन चाहन्छु । यो ट्रफी म युवा र देशलाई डेडिकेट गर्न चाहन्छु,’ मानेले भने ।

नयाँ सिजन अघि लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका मानेले दोस्रो पटक यस अवार्ड जितेका हुन् । उनले २०१९ मा पनि यस अवार्ड जितेका थिए । मानेको कप्तानीमा सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको थियो ।

 

प्रतिक्रिया सबै