५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध भएको छ । लमजुङको बेंसीशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङ स्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

 

प्रतिक्रिया सबै