download zoom hp htts://zoom.us/download download zoom cloud meeting download zoom cloud meeting for pc windows 10 - download zoom cloud meeting for pc windows 10 zoom voice app
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

नागरिकता विधेयक ‘फास्ट ट्रयाक’बाट पास गर्न मिल्दैन : प्रेम सुवाल

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वभौमिकतासँग जोडिएको नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनको भनाई छ ।

‘नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन। सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ ।’, उनले भने ।

उनले नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने बताए । आमा र बुवा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने र जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उनले बताए ।

सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृति बारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया सबै