५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । समष्टिगत आर्थिक चुनौतीमा देखिएको विषयलाई केन्द्रित गरी नयाँ मौद्रिक नीति सार्वजनि भएको राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै चालू खाता घाटा र शोधनान्तर घाटालाई मध्यनजर गर्दै मौद्रिक नीति तयार भएको बताए ।

मूल्यमा परेको चाप र चालू खाता घाटा र शोधनान्तर घाटाले बाह्य क्षेत्रमा परेको प्रभावलाई ध्यान दिइएको गभर्नर अधिकारीको भनाई छ । उनले मौद्रिक नीतिले नीति तथा कार्यक्रम, बजेट कार्यक्रम र आर्थिक स्थितिलाई ध्यान दिएको बताए ।

गभर्नर अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने बताउँदै कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए ।

तर, चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको छ । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

 

 

प्रतिक्रिया सबै