zoom.us free download for laptop join zoom meeting with id & passwords saved - join zoom meeting with id & passwords saved zoom sign in download - zoom sign in download zoom install for windows 10 home zoom download list of webinar registrants download zoom free for laptop zoom meeting join a meeting online test - zoom meeting join a meeting online test
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

कांग्रेसलाई केपी ओलीको आग्रह : खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्नु

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताएका हुन् ।

‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि छ ?’, ओलीले भने । राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरुले राजीनामा दिएको नसुनिएको ओलीले बताए ।

‘अरु कुन कुन ठाउँमा के के छन् ? त्यो त (राजीनामा दिएको) सुनिएन त ?’ उनले भने, ‘रिटायर्ड भएका मान्छेलाई फकाई फाईका ल्याएर विभिन्न ठाउँमा, भइरहेका मान्छेलाई अनावश्यक रुपमा हटाएर’, उनले भने ।

ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्।

सरकारले वृद्धभत्ताको उमेर घटायो
यस्तै ओलीले ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए । उनले प्रश्न गरे, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ?’ ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको बताए ।

‘अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन। हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्यौं। त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राइभेटाइजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं। हामीले निजी क्षेत्रलाई पनि सँगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीका मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो।’

काँग्रेसले सरकारको नेतृत्व गर्दा जागिरमात्रै खायो

यस्तै ओलीले २०७४ पछि बनेको सरकारले गरेका सवै काम राष्ट्रहितको पक्षमा भएको दावी गरे । ओलीले जोसुकैले जेसुकै गफ गरेपनि २०७४ को निर्वाचनपछि बनेको आफ्नो नेतृत्वको सरकारले राष्ट्रको विकासको लागि धेरै काम गरेको बताए ।

ओलीले भने, ‘बहुदल आएपछि काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खानेमात्रै काम गर्यो, अरु केही पनि गरेन । नकारात्मक दिशामा लाने काम गर्यो ।’

प्रतिक्रिया सबै