zoom calling download webinar zoom download can we use zoom on laptop zoom app download free windows 10 64 bit - zoom app download free windows 10 64 bit zoom destop download download zoom updates
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

 शुक्रबार, साउन ६ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ।  झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको आज मृत्यु भएको हो ।

कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नम्बरको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको आज दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल विराटनगरमा, कमल–७ का २१ वर्षीय भविन मगरको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सिटी रिक्सामा सवार कमल–५ की ६५ वर्षीया सुकमाया माझी एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल, सिटी रिक्सा र सिटी रिक्सा चालक कमल–६ का ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया सबै