५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान आज

 शनिबार, साउन ७ २०७९  

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन हेटौँडामा जारी छ।

अधिवेशनको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। बिहान ११ बजे मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ।

एक हजार ६३० जना मतदाता रहेको युनियनको चुनावका लागि दिउँसो ४ बजेसम्म मतदान गर्न सकिनेछ। मतदानसकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन तालिका छ।

नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्। संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

हालसम्म एक उपाध्यक्ष र तीन जना सचिवसहित २० जनाभन्दाबढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका बताइएको छ।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया सबै