zoom previous version download download zoom cloud meeting on laptop - download zoom cloud meeting on laptop zoom join meeting id number free - zoom join meeting id number free pwa zoom download zoom app win 10
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

मधेश प्रदेश पुगेर प्रचण्डले भने- ‘माओवादीले नागरिकताको समस्या समाधान गर्‍यो’ (भिडियो)

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा भएको नागरिकतासम्बन्धी समस्या माओवादी केन्द्रले समाधान गरेको बताएका छन् ।

सर्लाहीको बागमती नगरपालिका–८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नागरिकता विधेयकको बारेमा चर्चा गरेका हुन् । जनकपुर विमानस्थलमा संचारकर्मीसँगको साक्षात्कारमा पनि नागरिकता विधेयकको सफलताबारे सुरुमा चर्चा गरेका थिए ।

‘झण्डै ६/७ लाख युवाहरु नागरिकता विहिन भएको अवस्था थियो । मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिला के भनेको थिएँ’, प्रचण्डले भने, ‘तराई मधेशको नागरिकता समस्या हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ । मैले यहाँका सम्पूर्ण जनता र लाखौं युवाहरु। जो नागरिकता विहिन अवस्थामा थिए, उनीहरुलाई हामीले हिजोबाट नागरिकताको समस्या समाधान गर्यौं । यो सबैको लागि खुसीको कुरा हो। माओवादी केन्द्रले गरेको प्रतिवद्धता हिजोबाट पूरा गरेको छ ।’

यी समस्या समाधान गर्ने मुख्य पार्टी माओवादी केन्द्र भएको भन्दै आउने दिनमा बलियो बनाउन पनि उनले आग्रह गरे ।

भिडियो

प्रतिक्रिया सबै