१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

देशभर थप ३३५ जनामा कोरोना संक्रमण

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन । उता, थप २ लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

प्रतिक्रिया सबै