zoom app updated version download for pc zoom login my account zoom meeting join zoom meeting free zoom for windows 10 download download zoom for pc 2022 latest version of zoom app zoom meeting join online download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

कांग्रेसले गठबन्धनमा बलजफ्ती गर्‍यो, स्वीकार्य हुँदैन : नारायणकाजी श्रेष्ठ

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनमा बलजफ्ती गरिरहेको भन्दै यो सँधै स्वीकार्य नहुने बताएका छन् ।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्’, नेता श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

नागरिकता विधेयक पारित गर्दा अपनाइएको प्रक्रिया र वैवाहिक अंगीकृत नागरिकताको हकमा गरिएको व्यवस्था गलत भएको पनि उनले बताए । नागरिकता विधेयक प्रतिनिधि सभाले राज्य व्यवस्था समितिमा पठाएको र समितिले समितिभित्र र बाहिर गम्भीर बहस गरेको उनको भनाई छ ।

त्यसमा सहमति हुन नसके पछि बहुमतले वैवाहिक अंगीकृत नागरिकता महिलाको हकमा ७ वर्ष पछि दिने र तत्कालै व्यवाहारिक काममा कुनै समस्या नपर्ने गरी परिचय पत्र दिने प्रावधान राखेको उनले बताए ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन- ‘सात वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी, दिदी वहिनीहरूले विदेशी पुरुषसँग विवाह गरेकोमा छिमेकी देशहरूले ७ वर्ष पछिमात्र अंगीकृत नागरिकता दिने गरेको व्यवस्था समेतलाई ध्यान दिएर राखिएको थिया । नेपाली नागरिक महिलाले विदेशी पुरुषसँग विवाह गरेकोमा सम्बन्धित पुरुषलाई भने वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नै गरिएको छैन ।’

प्रतिक्रिया सबै