zoom meeting download windows 8.1 one hour one life zoom mod download zoom download webinar registration list zoom pc client download zoom meeting joining 2019 - zoom meeting joining 2019 zoom for free no download responsive cloud zoom free download zoom installer for all users
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

फिटनेशनमा अब्बल नोरा

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । बलिउड नायिका तथा मोडल नोरा फतेही हट अवतारका कारण चर्चामा आइरहन्छिन् । त्यसो त उनी आफ्नो आकर्षक नृत्यका कारण पनि चर्चामा आउने गर्छिन् । गसिप बजारमा आफ्नो आकर्षक फिगर शो गर्दै नोराले बेला-बेलामा तरंग ल्याउने गरेकी छन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छन् ।

नोराको बोल्ड अवतारले सामाजिक संजालमा हंगामा मच्चयाउने गरेको छ । नोराको नयाँ गेटअपलाई उनका फ्यानहरुले रुचाएर उनलाई प्रशंसा पनि गरेको पाइन्छ । नोरा समय-समयमा आफ्नो नृत्यका कारण पनि दर्शकको मन जित्न सफल छन् । क्यानाडामा जन्मिएकी नोराले तेलुगु चलचित्र ‘टेम्पर’मा आइटम नृत्य गरेपछि चर्चा कमाएकी थिइन् । यस्तै, उनले चलचित्र ‘किक २’मा समेत काम गरेकी छन् ।

नोरा सन् २०१५ मा ‘बीग बोस ९’मा सहभागी भएकी थिइन् । यस्तै, उनले ‘झलक दिखलाजा’ नामक रियालिटी शोमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले ‘दिलबर दिलबर’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनको चर्चा झनै चुलिएको थियो ।

 

प्रतिक्रिया सबै