१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

सुन्दरीजल खोलामा एक जना बेपत्ता

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर हराएका हुन् ।

प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको जानकारी दिए ।

शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीका एक सदस्य प्रधान हराएको उनले बताए ।

प्रतिक्रिया सबै