१३ आश्विन २०८०, शनिबार Saturday 30 September, 2023

मङ्किपक्सको सङ्क्रमण : विश्व स्वास्थ्य आपतकाल घोषणा

 आइतवार, साउन ८ २०७९  

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ।

सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भएको बताएका छन्।

हालसम्म मङ्किपक्स भाइरसको सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ। अहिले दुई वटा विश्व स्वास्थ्य आपतकाल जारी छ। जसमा कोरोना महामारी र पोलियो रहेका छन्।

प्रतिक्रिया सबै