५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।

योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो ।

डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक दर्जन घरहरु नष्ट भइसकेका छन् । डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ ।

डढेलो योसेमिटी राष्ट्रिय निकुञ्जको उत्तरपूर्वमा छ । योसेमिटी राष्ट्रिय निकुञ्जलाई संसारकै सबैभन्दा ठूला र सबैभन्दा पुराना केही रेडउड रुखहरुको घरसमेत मानिन्छ । ती रुखहरु यही महिनाको सुरुमा पनि डढेलोको जोखिममा परेका थिए । तर अग्नि नियन्त्रकहरुले त्यो डढेलोबाट रुखहरुलाई जोगाउन सफल भएका थिए ।

 

प्रतिक्रिया सबै