५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

बाख्रा चराउन गएकी महिला २ दिनपछि मृत फेला

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । बाख्रा चराउने क्रममा हराएकी एक महिला दुई दिनपछि मृत अवस्थामा फेला परेकी छन् ।

गत बिहीबारदेखि हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया सबै