२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

आज तोलामा ५ सयले बढ्यो सुनको भाउ

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भार प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ ।आइतबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया सबै