सशस्त्र प्रहरीका १४ जना कामु एसएसपी र २ एसपी एसएसपीमा बढुवा सिफारिस
आइतवार, साउन ८ २०७९

काठमाडौं । सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र २ जना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो ।
उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ ।
प्रतिक्रिया
सबै