उपत्यकामा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गरिने (पूर्णपाठ)
आइतवार, साउन ८ २०७९

काठमाडौं । नेपालको पर्यटन क्षेत्र पुनरूत्थानका लागि सरकारले काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनलाई प्रवर्द्धन गर्ने भएको छ ।
आइतबार मन्त्रिपरिषदबाट स्वीकृत भएको ‘नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजना, २०७९’ मा यस्तो व्यवस्था गरिएको हो ।
कार्ययोजनामा काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गरिने उल्लेख छ । यो कार्यको सुरुवात दुई महिनाभित्र गरिने बताइएको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । पर्यटन पुनरूत्थानका लागि सरकारले आन्तरिक पर्यटनलाई अभिवृद्धि गर्ने लक्ष्य पनि राखेको छ । कार्ययोजनामा ७३ बुँदामा समेटिएको छ ।
यस्तो छ पूर्णपाठ
प्रतिक्रिया
सबै