अवैध कल सेन्टरमा प्रहरीको छापा, १५० जना पक्राउ

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ । प्रहरीले उक्त कल सेन्टरबाट १५० बढी युवायुवतीलाई पक्राउ समेत गरेको छ ।
एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।
घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट अवैध धन्दा गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।
चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान सुरु गरेको छ ।