८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो, चुनावमा मोर्चा बनाएरै जान्छौं : बर्षमान पुन

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता बर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन् ।

आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको भन्दै आगामी संघीय निर्वाचनमा कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने बताए ।

नेता पुनले भने- ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ । चुनावमा हामी मोर्चा बनाएरै जान्छौं ।’

‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ नेता पुनले थपे । चुनावी मोर्चा बनेपनि कसैसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको उनको भनाई छ ।

समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने र त्यसको नेतृत्व समाजवादी केन्द्रले गर्ने पनि उनले बताए । ‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ , एमाले कता जाने उसैले निर्णय गर्ला’, उनले भने ।

यो पनि

नागरिकता ऐनमा एमालेले दोहोरो चरित्र देखायो : नेता पुन

प्रतिक्रिया सबै