zoom download for ma download attendance list zoom download zoom windows 8 zoom conferencing free download zoom app malware zoom for windows download zoom connection issues on pc zoom app hacked version
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

काईनेटिक ढुङ्गा जस्तो देखिने वस्तुसहित १ जना पक्राउ

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । सुर्खेतमा १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तुसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ समावेशी टोल बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा काईनेटिक ढुङ्गाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

 

प्रतिक्रिया सबै