९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

 सोमवार, साउन ९ २०७९  
आइतबार प्रहरीले बुटवलको एउटा कल सेन्टरमा मारेको छापा ।

काटमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । एसएसपी भरत बोहोराले जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको बताए ।

एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले त्यहाा बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको थियो । ७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र चीनका प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अपरेशन भनिएको छ ।

प्रतिक्रिया सबै