१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

यी हुन् नेपालबाट धेरै निर्यात भएका प्रमुख १० वस्तु

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । गत आर्थिक वर्ष नेपालबाट २ खर्बको वस्तु निर्यात भएको छ । जसमध्ये प्रमुख १० वस्तुको हिस्सा १ खर्ब २७ अर्ब २८ करोड भन्दा धेरै छ ।

नेपालबाट धेरै निर्यात हुने प्रमुख वस्तुको सूचीमा सोयबिन तेल छ । ४८ अर्ब १२ करोड ४ लाख मूल्य बढीको १९ करोड ५४ लाख किलो सोयबिन तेल भारत निर्यात भएको छ । यस्तै प्रशोधन नभएको पाम तेल निर्यात हुने वस्तुको दोस्रो नम्बरमा छ । यस्तो तेल नेपालबाट १५ अर्ब ३८ करोड मूल्य बढीको निर्यात भएको छ । नेपालबाट हुने निर्यातमा तेस्रो ठूलो हिस्सा प्रशोधित पाम तेलको छ । सो वर्ष १० अर्ब ४६ करोडको पाम तेल नेपालबाट निर्यात भएको थियो । निर्यातको चौथो हिस्सा कार्पेट र टेक्ट टाइलको हो ।

नेपालबाट आव ०७८/७९ मा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बराबरको ती वस्तु निर्यात भएको थियो । यस्तै पाँचौ ठूलो निर्यात जुटको छ । उक्त आवमा ५ अर्ब ६६ करोडको जुट नेपालबाट निर्यात भएको हो ।

यस्तै नेपालबाट हुने छैटौं ठूलो निर्यात अलैंचीको छ । सो वर्ष नेपालबाट ४ अर्ब ८१ करोडको अलैंची निर्यात भएको थियो । ४ अर्ब ६८ करोड ८० लाखको फेल्ट, ४ अर्ब ५१ करोड ४५ लाखको प्रशोधित सनफ्लावर तेल नेपालबाट निर्यात भएको हो ।

यस्तै ८ ९ औं ठूलो निर्यातको हिस्स कच्चा फलफूलको जुसको छ । नेपालबाट ४ अर्ब ४८ करोडको जुस नेपालबाट निर्यात भएको छ भने १० औ ठूलो निर्यात धागो छ । गत वर्ष नेपालबाट ४ अर्ब ३६ करोड ९९ लाखको धागो निर्यात भएको थियो  ।

प्रतिक्रिया सबै