११ फाल्गुन २०८०, शुक्रबार Friday 23 February, 2024

बल मिच्याइँ गरेर नागरिकता विधेयक ल्याईयो : विमला राई पौड्याल

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयक सरकारले बलमिच्याइँ गरेर ल्याएको आरोप लगाएकी छन् ।

राष्ट्रियसभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा बोल्दै यनदृ राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको बताइन् ।

विधेयक प्रक्रिया मिचेर ल्याउनुले संसदको अवमूल्यन भएको भन्दै उनले यो प्रक्रियाले सांसदहरूको स्वविवेकले निर्णय गर्ने अधिकारको पनि अवमूल्यन भएको तर्क गरिन् ।

वैवाहिक अंगीकृतको सात वर्षे प्रावधान हटाइएकोमा पनि विरोध गर्दैै उनले प्रतिनिधिसभाले सात वर्षे प्रावधान राख्न खोज्दाखोज्दै सरकारले बलजफ्ती गरेको आरोप लगाईन् । सात वर्षे प्रावधान हटाउनुको आधार र कारण प्रष्ट पार्न उनले सरकारलाई चुनौती पनि दिईन् ।

‘एउटा पार्टीको नेता भारत भ्रमणबाट फर्केको भोलिपल्ट किन यस्तो प्रावधान राखियो ? सात वर्ष भनेर प्रतिनिधिसभाले भन्दाभन्दै यो सरकारले किन यसरी बलजफ्ती गर्‍यो,’ उनले प्रश्न गरिन्, ‘के को आधारमा गर्‍यो ? के को इन्ट्रेस्टमा गर्‍यो ? यो कुरा यहाँ प्रष्ट पारिनुपर्छ ।’

यस्तै उलने छोराले विदेशी बुहारी ल्याउँदा सहजै नागरिकता पाउने तर छोरीले विदेशीसँग विवाह गरेमा नागरिकता दिने व्यवस्था नराख्नुले लैंगिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रष्ट रूपमा देखिएको पनि बताइन् ।

प्रतिक्रिया सबै