download and install free zoom app download older zoom version installation of zoom app install zoom for all users download zoom cloud meeting app windows
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

कसैको दबावमा नागरिकता ऐन ल्याइएको होइन : गृहमन्त्री खाँण

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कसैको पनि सल्लाह, दबाब र परामर्शमा नल्याएको स्पष्टा पारेका छन् । सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताएका हुन् । विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको उनले दाबी गरे ।

संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह पनि गरे । गृहमन्त्री खाँणले नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताए।

‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै जाने नै छ। नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खोजेको होईन । त्यो खालको आशंका नगर्नुहोस् भन्ने आशंका छ। नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो। त्यसको समुचित कानूनी प्रवन्ध गर्न खोजेको हो। अरु कसैको परामर्श, सरसल्लाह, कुनै कारणले विधेयक आएको होईन’, गृहमन्त्री खाँणले भने ।

मन्त्री खाँणले करिब ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको बताए । ‘गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैर आवासीय नेपालीहरु नेपालमै जन्मिएका, बुबा, आमा, बाजे, बज्यैकै सन्तान हुन्। उनीहरु अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्, उनीहरुलाई पनि एकत्रित गरेर उनीहरुले लगानी नेपालमा गर्ने वातावरणका लागि दिन लागिएको हो’, उनले भने ।

प्रतिक्रिया सबै