zoom meeting login online free zoom snapchat filter download zoom free download pc download free version of zoom join zoom meeting app
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

यी हुन् नेपालले एक वर्षमा आयात गरेका प्रमुख १० वस्तु

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । गत वर्ष सबै भन्दा धेरै आयात हुने प्रमुख वस्तुमा डिजेल रहेको छ । यो वर्ष १ खर्ब ६८ करोड २३ लाख ३२ हजार मूल्य बराबरको एक अर्ब ७५ करोड ४९ लाख ३३ हजार लिटर डिजेल नेपाल आयात भएको छ । नेपाल आयल निगमकाअनुसार यो आयात अघिल्लो वर्ष भन्दा २ प्रतिशतले बढी हो ।

दोस्रो धेरै आयात हुने वस्तुमा पेट्रोल छ । नेपालले एक वर्षमा ७१ अर्ब ३८ करोड ४२ लाखको ७३ करोड ८५ लाख ३६ हजार लिटर पेट्रोल आयात गरेको छ । तेस्रो धेरै आयात गरेको वस्तु खाना पकाउने ग्याँस हो । यो वर्ष ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलो खाना पकाउने ग्याँस नेपाल भित्रिएको छ । यसका लागि ६५ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ ।

चौथो धेरै आयात हुने वस्तु कच्चा भटमास रहेको छ । ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर भटमासको तेल नेपाल भित्रिएको छ । पाँचौ धेरै आयात हुने वस्तुमा फलाम र स्टिल छ । ६६ करोड ५६ लाख ५७ हजार ६५१ किलो यस्ता वस्तु नेपाल भित्रिएको हो । जसको कुल लागत ५१ अर्ब २९ करोड ५६ लाख ७१ हजार रुपैयाँ छ ।

नेपालमा आयात भएको छैटौं ठूलो वस्तु कच्चा पाम तेल हो । उक्त वर्ष २७ करोड ६६ लाख २२ हजार १४१ लिटर पाम तेल नेपाल भित्रिएको छ । जसका लागि मुलुकबाट ३९ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ ।

टेलिफोन र यसका उपकरण पनि धेरै आयात हुने वस्तुको ७औं नम्बरको सूचीमा छ । सो वर्ष ३८ अर्ब ६ करोडको यस्ता वस्तु भित्रिएका छन् । यस्ता वस्तुको कुल परिमाण ५५ करोड ८६ लाख ५७८ थान छ । धेरै आयात हुने ८ औं वस्तुको सूचीमा कोइला छ । ३५ अर्ब ९५ करोड रुपैयाँ बढी मूल्य पर्ने एक अर्ब ७४ करोड किलो कोइला भित्रिएको छ ।

उच्च आयात हुने ९ औं वस्तुको सूचीमा सुन छ । ५ हजार ५३ किलो सुन आयात हुँदा मुलुकबाट ३५ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । १० औं स्थानको सूचीमा भ्याक्सिन छ । मानवीय प्रयोगका लागि भ्याक्सिन आयात गर्दा ३२ अर्ब रुपैयाँ खर्च भएको छ । २ लाख ७७ हजार ७९७ किलो भ्याक्सिन आयातका लागि नेपालले उक्त रकम खर्च गरेको हो ।

प्रतिक्रिया सबै