zoom recording cloud download zoom app marketplace メール - zoom app marketplace メール zoom download center free - zoom download center free free zoom download windows 10 zoom meeting software download for pc cloud zoom 1.0 2 min js download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

पहिरोका कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध

 सोमवार, साउन ९ २०७९  

काठमाडौँ । डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ । आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले आज राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए ।

उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बन्दा काठमाडौँ, पोखरा, चितवन लगायतबाट बेँसीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले पहिरो झरिरहेको छ ।

करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ । ४२ किलोमिटरको यस सडकमा वर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ ।

प्रतिक्रिया सबै