zoom cloud free app download hack zoom app download zoom app download free pc - zoom app download free pc zoom app meeting time limit why are my covid pcr results taking so long zoom meeting app information
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

भारतीय कँग्रेसका चार सांसद निलम्बित

 मङ्लबार, साउन १० २०७९  

मूल्य वृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कँग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ ।

अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो । यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए ।

निलम्बित कँग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् । सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिक नजिक गएर नाराबाजी गरेका थिए ।

सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ । केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कँग्रेसले जनाएको छ । ‘हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कँग्रेसले भनेको छ ।

प्रतिक्रिया सबै