zoom 606 patches download why is zoom not downloading on my laptop lingoes download vn-zoom how do you work zoom app zoom meeting app download for windows 10 download center - zoom zoom app account
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

कोहलपुरमा १ दम्पती मृत फेला

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा एक दम्पती घरमै मृत अवस्थामा भेटिएका छन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार मंगलबार बिहान २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अन्जली गडरिया मृत भेटिएका हुन् । श्रीमती घरभित्र र श्रीमान बाहिर भेटिएको भन्दै उनले अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या भएको देखिएको बताएका छन् । ‘शरीरमा चोट छ, घटनास्थलमा चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य छ, केही लडीबुडी गरेजस्तो पनि देखिएकाले पनि उनीहरूको हत्या भएको देखिन्छ । प्रहरी पुगेको छ अनुसन्धानबाट सबै आउला’, उनले भने ।

 

प्रतिक्रिया सबै