download zoom app for pc windows 8 zoom download for windows 10 - zoom download for windows 10 zoom app for windows 10 pc zoom meeting software free download join a zoom meeting with passcode - join a zoom meeting with passcode how do i update my zoom app
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

देउवाविरुद्ध नाराबाजी गरेर पक्राउ परेका ३ जना रिहा

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने क्रममा पक्राउ परेका तीन जना रिहा भएका छन् ।

हिजो भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा केही युवाले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारासहित प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए ।

पक्राउ परेका अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्कालाई आज बिहान छाडिएको हो । मालिगाउँ प्रहरी वृत्तमा राखिएका उनीहरूलाई सचेत गराएर छाडिएको प्रहरी स्रोतले बताएको छ । उनीहरू तीनै जनाले आफूलाई स्वतन्त्र नागरिक बताएका छन् ।

प्रतिक्रिया सबै