५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

मंकीपक्स भारतमा देखिसक्यो, सरकार मौन छ : योगेश भट्टराई

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताएका छन् ।

उनले हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बताए ।

भारतमा समेत चार वटा केस देखिएको भन्दै नेपाल भयानक अवस्थाबाट टाढा नरहेको पनि उनले बताए । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने उनको भनाई छ ।

एमाले सचिव भट्टराईले यसबारे नेपाल सरकार मौन बसेको र सरकार निद्राको अवस्थामा रहेको उनले आरोप लगाए ।

प्रतिक्रिया सबै