९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

सांसदहरुलाई अनिवार्य मास्क प्रयोग गर्न सभामुखको आग्रह

 मङ्लबार, साउन १० २०७९  

काठमाडौैं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

बैठकमा सभामुख सापकोटाले भने- ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’

सांसदहरुलाई मास्क लगाउन आग्रह गर्दैगर्दा सभामुख आफैंले भने मास्क लगाएका थिएनन् । नेपालमा सोमबार मात्रै ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म सक्रिय संक्रमितको संख्या ३५३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया सबै