zoom app for inmates zoominfo login error zoom 5.04 download zoom can't download zoom meeting join online meeting - zoom meeting join online meeting
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

‘न्यूड’ फोटोशुट गरेको भन्दै रणवीरविरुद्ध उजुरी

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको ‘न्यूड’ फोटोशुटको विरोध गर्दै उजुरी परेको छ ।

महिला संवेदनाको अपमान गरेको भन्दै एक गैर सरकारी संस्थाले रणवीरविरुद्ध उजुरी गरेको हो । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छ ।

पछिल्लो साता रणवीरले अमेरिकी म्यागजिन पेपरका लागि नग्न फोटोशूट गराएका थिए । रणवीरको उक्त फोटोले मानिसहरुमा श्लील कि अश्लील भन्ने विषयमा ठूलै बहस सुरु भएको थियो ।

फोटोशुट सार्वजनिक भएसँगै भारतमा आलोचना सुरू भयो । सामाजिक सञ्जालहरुमा कसैले उनको फोटोलाई कलाको एउटा प्रतिक मान्दै श्लीलको पगडी पहिराइदिए त कसैले भद्दा र अश्लीलको संज्ञा दिँदै उनलाई ट्रोल तथा गालीसमेत गरेका थिए ।

 

प्रतिक्रिया सबै