१२ फाल्गुन २०८०, शनिबार Saturday 24 February, 2024

घरभित्रै मृत भेटिएका दम्पतीको हत्या आशंका

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । बाँकेको कोहलपुरमा घरभित्रै मृत भेटिएका दम्पतीको मृत्युबारे प्रहरीले हत्याको आशंका गर्दै अनुसन्धान अगाडि बढाएको छ । कोहलपुर नगरपालिका—१४ पार्वतीपुरमा २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरिया मृत भेटिएका थिए । प्रहरीका अनुसार अञ्जलीको शव कोठाभित्र र पति कृष्णको शव कोठाबाट निस्कनेवित्तिकै प्यासेजमा थियो ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले कुकुरसमेत परिचालन गरेर सुक्ष्मरूपमा अनुसन्धान भइरहेको बताए । ‘एसपी अधिकारीका अन्सार केटाको नारी काटेको देखिन्छ । निकै रगत बगेको पाइएको छ । ढोका खुलै छ । भित्रपट्टि अञ्जलीको घाँटीमा पासो लगाएजस्तो सानो डोरी देखिन्छ तर त्यहाँ त्यत्रो डोरीले झुन्डिने कतै ठाउँ देखिँदैन ।

एक तले उक्त घरमा ७ जनाको परिवार बस्थ्यो । कृष्ण—अञ्जली, उनका दाजुभाउजू र भदैनी तथा बुबाआमा बस्ने गरेको एसपी अधिकारीको भनाई छ । बुबाआमा भने साउन लागेसँगै केही समयअघि बोलबमका लागि भारत गएका थिए ।

गएराति दाजुभाउजू छतमा सुतेका थिए । गर्मीका कारण आफूहरू छतमा सुतेको उनीहरूले बताएका छन् । प्रारम्भिक सोधपुछमा क्रममा मृतकका दाजुले आफू राति ११ बजे घर आएको र माथि सुतेको बताएका छन् ।

कृष्ण—अञ्जलीबीच एक वर्षअघि मात्र विवाह भएको थियो । उनी नजिकैको स्टिल फ्याक्ट्रीमा काम गर्छन् । अञ्जली गृहिणी हुन् । दुईजनाबीच सामान्य विवाद हुने गरेपनि सम्बन्ध राम्रै रहेको प्रहरीको बुझाई छ ।

प्रतिक्रिया सबै