महँगी, एसपीपी र नागरिकता विधेयकविरुद्ध चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा
मङ्लबार, साउन १० २०७९

काठमाडौं । चारवटा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
उनीहरुले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।
उनीहरुले साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम रहेको जानकारी दिएको छ ।
पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले बताए । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।
प्रतिक्रिया
सबै