zoom download free laptop - zoom download free laptop zoom network connection failed windows 10 zoom login download free zoom code finder download zoom.us app free download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

तीन किशोरीले आत्महत्या गरेको पुष्टि

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । झापाको चिया बगानस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टले आत्महत्या पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए ।

उनले आत्महत्याको कारणबारे केही नखुलेको बताए । उनले भनेका छन्— ‘पोस्टमार्टम भइसकेको छ । अनौपचारिक रूपमा बुझ्दा आत्महत्या नै देखियो । पोस्टमार्टमको औपचारिक पत्र आउन भने बाँकी छ ।’

गएको शनिबार मध्याह्न करिब १२ बजे कचनकवल गाउँपालिका–५ का पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी घुम्न जाने भन्दै परिवारलाई जानकारी गराएर घरबाट निस्किएका थिए ।

आइतबार बिहान कचनकवल–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा बयरको रुखमा झुन्डिएको अवस्थामा तीनैजनाको शव भेटिएको थियो । डीएसपी पाठकले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

यो पनि

किन झुन्डिएका थिए तीन किशोरी ?

प्रतिक्रिया सबै