१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

भारतीय कँग्रेसका नेता राहुलसहित १७ जना पक्राउ

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कँग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा राहुलका आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ ।

भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय कँग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नु पूर्व राहुलले भारत हाल सैन्य नियन्त्रणमा भएको राष्ट्रको जस्तै रूपमा देखा परेको र नरेन्द्र मोदीले राजा जस्तो एकलौटी ढगंमा शासन गरिरहेको आरोप लगाएका थिए ।

राहुलको गिरफ्तारीलाई भारतीय कांग्रेसले आवाज दबाउने दुष्प्रयासको रूपमा व्याख्या गरेको छ । पक्राउ पर्नेमा राहुलबाहेक कांग्रेस नेता मल्लिकार्जुन खर्गे, केसी वेणुगोपाल, शक्तिसिंह गोहिललगायतका नेताहरू पनि रहेका छन् ।

प्रतिक्रिया सबै