८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

मंकीपक्सका संक्रमित देखिन थालेपछि नाकामा निगरानी

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । भारतमा मंकीपक्सका संक्रमित देखिन थालेपछि भारतसँग जोडिएका नेपालका सीमानाकाहरूमा निगरानी बढाइएको छ । भारतमा संक्रमण देखिएसँगै अन्तर्राष्ट्रिय विमानस्थल र १४ नाकाको हेल्थडेस्कमा निगरानी बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार इपिडिमियालोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. चुमनलाल दासका अनुसार मंकीपक्सको लक्षण देखिएका बिरामीहरूको अनिवार्य ‘स्क्रिनिङ’ गराउन र अरू यात्रीभन्दा छुट्टै राख्ने व्यवस्था गर्न १४ नाकाकै हेल्थडेस्कहरूलाई निर्देशन दिइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रीमा मंकीपक्ससँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिए तुरुन्तै टेकु अस्पताल पुर्‍याउने गरी टोली तयारी अवस्थामा राखिएको डा. दासले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबै प्रदेशमा १४ फोकल चिकित्सकहरू तोकेर ‘केस’ अनुसन्धानका लागि तयारी अवस्थामा राखेको छ ।

भारतमा आइतबारसम्म मंकीपक्सका पाँच केस पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई गएको शनिबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

जुलाई २२ सम्म ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भएको डब्ल्यूएचओले जनाएको छ । पाँचजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया सबै