सेयर बजार आज ४४ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ४४.८० अंकले घटेको छ । लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेसँगै नेप्से परिसूचक उच्च अंकले घटेको हो । आज नेप्से २.१० प्रतिशतले घटेर २०८८।१६ विन्दुमा झरेको छ ।
कारोबारमा आएका २२२ धितोपत्रको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर तीन अर्ब ७० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.२१ प्रतिशतले घटेर ३९८.३९ विन्दुमा झरेको हो ।
एकैदिन उच्च अंकले बजार बढ्ने र एकै दिन उच्च अंकले बजार घट्ने गरेकाले बजारमा ठूला लगानीकर्ताको चलखेल व्यापक रहेको कतिपय लगानीकर्ताको आशंका व्यक्त गरेका छन् ।
आज पाँचवटा धितोपत्रको मूल्य पाँच प्रतिशतभन्दा बढी घटेको छ । सर्वाधिक मूल्य घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यसको ६.८२ प्रतिशत मूल्य घटेको छ । त्यस्तै, सर्वाधिक सेयर मूल्यवृद्धि मल्टिपर्पज कम्पनी लिमिटेडको भएको छ । यो काम्पनीको सेयर मूल्य ९.३२ प्रतिशतले वृद्धि भएको छ ।
शिवम् सिमेन्टको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यो कम्पनीको १९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै समूहगत उपसूचकमा कमी आएको छ । सबैभन्दा बढी ‘अन्य’ समूहको मूल्य घटेको छ । यो समूहको उपसूचक ३.५६ प्रतिशत घटेको छ ।