१२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण
मङ्लबार, साउन १० २०७९

काठमाडौं । काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बर्सौलाका अनुसार ती १२ नमुनामध्येबाट पनि तीन जनामा इन्फ्लुएन्जा ‘ए’ पनि देखिएको हो ।
अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार एडिनो भाइरस भएका बालबालिकामा रुघा, ज्वरो, घाँटी दुख्ने, स्वासप्रस्वासमा गाह्रो हुनेजस्ता लक्षण देखिने गर्छ ।
प्रतिक्रिया
सबै