zoom app download for free why is my zoom audio not working on my laptop - why is my zoom audio not working on my laptop zoom login meeting - zoom login meeting remote desktop window size settings why is my laptop webcam not working on zoom speaker not working on zoom laptop - speaker not working on zoom laptop zoom desktop icon download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

राष्ट्रपतिले भावुक हुँदै भनिन् : अति भयो क्या ! १७ खर्बको बजेट, १७ खर्बकै व्यापार घाटा हुन्छ ?

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्था विकराल बन्दै गएको निश्कर्षसहित आफ्नो चार पृष्ठ लामो लिखित वक्तव्य पढेर सुनाएकी छन् ।

विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आफूले कुनै सरकारप्रति लक्षित गरेको नभएर विगत ५० वर्ष यताको हिसाब गर्न चाहेको बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्- ‘मैले त ५० वर्षको हिसाब गरौं भनेकी छु । के यो कसैप्रति लक्षित हुन्छ ? अहिलेसम्म क–कसले कति सहयोग लिनुभयो ? कहाँकहाँ लगानी भयो ? उपलब्धि के पायौं ? कतिपय शब्दहरु प्रयोग गर्न मलाई पनि आउँछ तर म प्रयोग गर्दिनँ । देशको अर्थव्यवस्था, आर्थिक प्रणाली बलियो हुनुपर्छ’, उनले भनिन् ।

राष्ट्रपतिले भावुक हुँदै भनिन् ‘अति भयो क्या ! १७ खर्बको बजेट छ, १७ खर्बकै व्यापारघाटा हुन्छ ? ’

यस्तै, राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने बताएकी छन् । पत्रकारहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको धारणा मागेपछि राष्ट्रपति भण्डारीले संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने बताएकी हुन् ।

अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलका क्रममा रहेको नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरु ठीक नभएको भन्दै केही पत्रकारले ‘राष्ट्रपतिको ध्यानाकर्षण’ गराएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ । पहिला यहाँ आओस्, त्यसपछि हेर्छु ।’ नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गर्दै राष्ट्रपति भण्डारीले भनिन्— ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ । केही हामीले अपनाउनुपर्ने विषय छ । मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ । कतिपय कुराहरु हामीले भन्न मिल्दैन । म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौँ ।’

नागरिकताको विधेयकबारे कुरा गर्दैगर्दा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानूनी व्यवस्थाका लागि आफूले लबिङ गरेको स्मरण गर्दै छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको बताइन् । राष्ट्रपतिले भनिन्, ‘२० वर्षपछिको संसदको अधिकार छिन्न मिल्दैन। २० वर्षपछि बाटो बनाउन अहिल्यै रुख काट्न मिल्छ ?’

यस्तै, राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको बताइन् । गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताईन् । ‘गठबन्धन के कस्तो छ, मेरो मामला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन्। कमसेकम देश र जनताको हित हुनुपर्यो’, राष्ट्रपतिले भनिन् ।

कार्यक्रममा पत्रकारले अहिले देशमा प्रदेश खारेजीको आवाज उठेको भन्दै यसविषयमा राष्ट्रपतिको धारणा मागेपछि यसमा संविधानकी रक्षक राष्ट्रपतिले प्रदेशको संरचनाबारे प्रश्न उठेको बताइन् । उनले आफुले धारणा नबनाई बसेको छ छैन तर मैले व्यक्त गर्न जिम्मेवारीको हिसाबले उपयुक्त हुँदैन जस्तो लाग्ने बताइन् ।

नेताहरुले चुनाव खर्चिलो भयो भनेर भाषण गर्ने गरेको तर्फ लक्षित गर्दै राष्ट्रपति भण्डारीले प्रश्न गरिन्, चुनावमा बढी खर्च हुन्छ भनेको के हो ? मलाई बुझाइदिनोस् । जनतामा के देखाएर भोट लिने ? आधारभूत कुरामा त जानुपर्छ होला नि ।’

 

प्रतिक्रिया सबै